भक्तपुर । भक्तपुर जिल्ला अन्तर विद्यालय निर्वाचन क्षेत्र जिल्ला स्तरिय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ कराँतेको उपाधी डमोस स्कुलले हाँसिल गरेकोछ ।
दुइ स्वर्ण १ रजत सहित डेमोस टिम प्रथम हुन सफल भएको थियो भने एक स्वर्ण एक रजत सहित सैनिक आवासिय महाविद्यालय दोस्रो यस्तै माउन्ट भ्याली , आदर्श आजाद र पारागनले भने एक एक स्वर्ण लिन सफल भएका थिए ।
जिल्ला खेलकुदले आर्दशको विद्या आर्जनमा आयोजना गरेको कराँतेमा छात्रा तर्फ ४० केजीमा डेमोस स्कुलकी सान्ता योञ्जनले स्वर्ण हाँसिल गरेकी थिइन भने डेमोसकै जुनु लामाले रजत पदक हाँसिल गरेकी थिईनयस्तै वागिश्वरीकी सवि भावी र आर्दश मा वि थिमीकी रोनी घतानीले कास्य पदक हात पारेका थिए ।
४५ केजी छात्रा तर्फ नै डेमोस स्कुलकी सजिना लामाले स्वर्ण , नविन स्कुलकी सागरिका परियारले रजत र वागिश्वरीकी अस्मिता मोक्तानले र हिमालयनकी स्माईल तामाङले कास्य पदक हात पारेका थिए । ५० केजी तर्फ नै छात्रामा सैनिक आवासियकी बेली लामाले स्वर्ण , वागिश्वरीकी अन्जु भुजेलले रजत र समताकी पदम तामाङ र कालिकाकी कञ्चन राईले कस्य पदक हात पारेका थिए ।
खेलमा छात्र तर्फको खेलमा भने ४२ केजी तर्फ पारागनका डेनिस सांगाछेले स्वर्ण, पद्का सुन्दर तामाङले रजत र वागिश्वरीका अजय मोक्तानले र आर्दश मा विका विजय लामाले कास्य पदक हात पारेका थिए ।
छात्र तर्फ नै ४७ केजी तौलमा माउण्ट एभरेष्टका एरिश शर्माले स्वर्ण , सैनिक आवासियका सुजन श्रेष्ठले रजत र बागिश्वरीकै मदन कुमार थापा र विशाल कुमार शाहले कास्य पदक हात पारेका थिए ।
छात्र तर्फ ५२ केजी तौल समुहमा भने आदर्स आजादका प्रविण लामाले स्वर्ण , समताका दिनेश लामाले रजत र वागिश्वरीका विजय मोक्तान र आदर्स आजादकै श्रृजन श्रेष्ठले कास्य पदक हात पारेका थिए ।
यस्तै काँटा तर्फ भने छात्र तर्फवाट पारागनका डेनिस सांगाछे प्रथम ,माउण्ट एभरेष्टका एरिश शर्मा द्दितिय र आर्दश आजादका प्रविण लामा तृतिय भएका थिए । छात्रा तर्फभने सैनिककी वेली लामा प्रथम , डेनिसकी शान्ता योञ्जन द्दितिय र डेनिसकै सजिना लामा तृतिय भएका रेफ्रि संयोजक रामसरण त्वातीले जानकारी दिनुभयो ।
खेलमा उत्कृष्ठ खेलाडी भने डेनिस सांगाछें र शान्ता योञ्जन भएका खेल संयोजक ज्ञानेन्द्र कपालीले जानकारी दिनुभयो ।
खेलको उदघाटन समाजसेवी रविनस् लामाले गर्नु भएको थियो भने समापन भने नेकपा एमालेका कार्यवहाक जिल्ला अध्यक्ष बच्चन देउजाले गर्नु भएको थियो । खेलमा कराँते संघका जिल्ला अध्यक्ष प्रकास मोहन धौभडेल , अनतराष्ट्रिय रेफ्रि राजेन्द्र कपाली , कराँते राष्ट्रिय विभाग संयोजक राधिका देउला , सुर्य लामा, विजयराम एण्डाे,गणेस सुकमनी,पृथिवी बासुकला, गणेस दनुवार लगाएतकको उपस्थिती रहेको थियो ।








































