नगदेश डोजोले उचाल्यो प्रथम खुल्ला कराते प्रतियोगिताको उपाधि 

0

भक्तपुर । विद्या आर्जन डोजो र दधिकोट डोजोद्दारा आयोजित प्रथम खुल्ला कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ ।

भक्तपुरमा आयोजित खुल्ला कराते प्रतियोगितामा नगदेश डोजो प्रथम भएको हो भने काठमाडौँको देउराली डोजो दोस्रो यस्तै बौद्ध डोजो तेस्रो हुन सफल भएको थियो ।

खुल्ला रूपमा आयोजना गरिएको उक्त प्रतियोगितामा देश भरका २० भन्दा बढी डोजो सहभागी रहेका थिए ।

यस्तै खेलमा पुरुष तर्फ भृकुटी डोजोका आयोग राई उत्कृष्ट खेलाडी भएका थिए भने महिला तर्फ देउराली डोजोकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी हुन सफल भएकी थिइन । खेलमा उत्कृष्ट खेलाडीहरू दुई जनालाई माउन्टेन बाइक सहित ट्रफिले सम्मानित गरिएको थियो ।

खेलमा अनुशासित डोजोका रूपमा चापागाउँ डोजोलाइ सम्मान गरिएको थियो ।

२८० जना महिला र पुरुष खेलाडी सहभागी रहेको उक्त खेलको उद्घाटन बागमती प्रदेश सरकारका खेलकुद मन्त्री उर्मिला नेपालले गर्नुभएको थियो । उहाँले खेलाडीहरू हाम्रा सान भएका कारण उनीहरूको वृद्धि विकास हुने किसिमको बजेट ल्याउन आफू लागि परेको समेत बताउनुभएको थियो ।

यस्तै खेलको समापन बागमती प्रदेशका पूर्व खेलकुद मन्त्री मीन कृष्ण महर्जनले गर्नुभएको थियो । उहाँले खेलमा विजेता उप विजेता टिम तथा खेलाडीहरूलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गर्नुभएको विद्या आर्जन डोजोका अध्यक्ष एवं कार्यक्रम संयोजक सूर्य बहादुर तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमको स्वागत करातेका राष्ट्रिय रेफ्रि रामशरण त्यातले गर्नुभएको थियो भने खेलमा रेफ्री संयोजक राष्ट्रिय रेफ्रि सह संयोजक एवं बागमती प्रदेश रेफ्रि संयोजक महेश रञ्जितले गर्नुभएको थियो ।