कोसँग गर्दैछन दोस्रो विहे ऋतिक रोशनले

337

बलिउड एक्टर ऋतिक रोशनले दोस्रो विहे गर्ने भएका छन । भारतीय मिडियाका अनुसार २०१८ भित्रै ऋतिकले आफ्नो पुर्वपत्नी सुजेनसँगै दास्रो विहे गर्ने भएका हुन । सन २०१४ मा पत्नी सुजेन खानलाई डिभोर्स दिएका ऋतिकले पुन सुजेनसँगै बिहे गर्ने भारतीय मिडियाले
दाबी गरेका छन ।

बैबाहिक सम्बन्धलाई औपचारिक रुपमा टंग्याएपनि आफ्ना दुई बच्चाका लागि भने ऋतिक र सुजेनले सधै समय निकाल्दै आइरहेका छन् ।

पछिल्लो केही दिन यता यी दुई बीचको बोन्डिङले सबैलाई हैरान बनाएको छ । डिभोर्स भएपनि ऋतिक र सुजेन सँगै विदेशमा छुट्टी मनाइरहेका छन ।

केही दिन अगाडि ऋतिकको बर्थडेमा सुजेनले ट्विटरमा लेखेकी थिइन्, ुसधै तिमी मेरो जीवनमा विहानीको किरण झैँ रहने छौ । ह्याप्पी बर्थडे। सधै हाँसी रहनु र सधै उज्यालो दिइरहनु । सुजेन र ऋतिक आफ्नो बच्चासँग केही समय अगाडि छुट्टी मनाउन फ्रान्स गएका थिए ।

ऋतिकले आफ्नो पहिलोे फिल्म ुकहो न प्यार हे पछि सुजेनसँग सन् २००० मा विवाह गरेका थिए । आपसी मतभेदका कारण यी दुईले करीब १४ वर्ष लामो बैबाहिक सम्बन्धलाई अन्त्य गरेका थिए ।