चालकसँग सहमतिपछि वीरगंजमा चल्न थाल्यो भाडा गाडी, शुक्रबारदेखि रक्सौंलबाट तेल आउने :: BIZMANDU

273



वीरगंज। जिल्ला प्रशासन कार्यालय बारा र आन्दोलनरत चालकसँग सहमति भएपछि केहीवेर अघिदेखि भाडाका सवारी साधन संचालनमा आएको छ।

विगत तीन दिनदेखि यातायात व्यवस्था ऐनमा भएको हेरफेरको विरोधमा हड्तालमा उत्रिएका चालक र जिल्ला प्रशासनबीच साँझ भएको वार्तामा ऐनमा भएको असहमतिका बुँदा संबोधनका लागि सरकारलार्इ पेश गर्ने सहमतिपछि यातायात संचालनमा आएको हो। वीरगंज नाका र सिर्सिया सुख्खा बन्दरगाहमा रोकिएका सवारी साधन संचालनमा आएका छन्।

सशस्त्र प्रहरीको स्कर्टिङमा रोकिएका गाडी र नाइटबस संचालनमा आएका हुन्।वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीका अनुसार वीरगंज भन्सार र आईसिपी गरी करिब एक हजार गाडी रोकिएका थिए। त्यही रोकिएका गाडी संचालनमा आएका हुन्।विहिबार साँझ भएको सहमतिपत्रमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा र सहसंयोजक अर्जुन अधिकारीलेनै हस्ताक्षर गरेका छन्।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख जगदीशचन्द्र यादबले स्थानीय प्रशासनसँग सहमति भएपछि शुक्रबारदेखि रक्सौंलबाट पेट्रोलियम पदार्थ आउने बताए।उनका अनुसार रक्सौंलबाट विहिबार एकथोपा पनि तेल आएन। तर बरौनीबाट भने पाँच ट्यांकर डिजल र पेट्रोल र ७ बुलेट ग्यास आएको थियो।

चालकका जायज माग उच्च तहमा पुर्याउने प्रतिवद्धता जनाएपछि हड्ताल फिर्ताको सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिएका थिए।‘प्रहरी–प्रशासन र चालकहरु वीच सहमति भएको छ। आज रातीदेखिनै गाडी चल्न सुरु हुनेछ ,’प्रमुख जिल्ला अधिकारी भट्टराईले भने,‘बन्द फिर्ता गरी गृहमन्त्रालय तथा कानुन मन्त्रालयसँग चालकले छलफल गर्नेछ।‘




चालकसँग सहमतिपछि वीरगंजमा चल्न थाल्यो भाडा गाडी, शुक्रबारदेखि रक्सौंलबाट तेल आउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link