जनता बैंकले दार्चुलाको स्कुललाई कम्प्युटर दियो, चार थान कम्प्युटर उपलब्ध :: BIZMANDU

338


काठमाडौं। जनता बैंक नेपालले दार्चुलाको दुँहु गाउँपालिकास्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण गरिएको हो। बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक समारोहका बिच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई कम्प्युटर हस्तान्तरण गरेका हुन्। 

दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा पर्छ। 

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बताइन्। 

बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ। 




जनता बैंकले दार्चुलाको स्कुललाई कम्प्युटर दियो, चार थान कम्प्युटर उपलब्ध को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link