ताथली नाला सडक अवरुद्ध

617

ताथली । ताथली नाला सडक बिहानबाट अबरुद्ध भएकाे छ ।

सडकअन्तर्गत गाेठाले चाैरमा बिजुलीकाे पाेल ढलेपछि सडक अबरुद्ध भएकाे हाे ।

बिजुलीकाे खम्बा बिहान पाैने नाै बजेतिर ढलेकाे स्थानीयले बताए । प्रत्यक्षदर्शीका अनुसार इँटा अाेसार्न प्रयाेगमा ल्याईएकाे हेभी ट्रकका कारण पाेल लडेकाे हाे । साे बारेमा यकिन तथ्य अाउन बाँकी छ ।

ढलेकाे पाेल उठाउन नेपाल विद्युत प्राधिकरण र प्रशासन लागिरहेकाे छ ।