काठमाडौं । रोटरी क्लव अफ दरवारमार्गले नेपाल वाल संगठनमा आश्रीत रहेका एकसय वालवालिकालाई दशैंको उपहार स्वरप विभिन्न सामग्री प्रदान गरेको छ ।
क्लवका संस्थापक अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल र क्लवका वर्तमान अध्यक्ष सकुन्द राज अर्यालले ती सामग्री नेपाल वाल संगठनकी केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यलाई बुधबार हस्तान्तरण गरे ।
हस्तान्तरण गरिएका दशैं उपहार सामग्रीमा वालवालिकाको लागि नयाँ लत्ता कपडा, खेलौना, खाना खाने प्टेल, कचौरा, गिलास, खाना पकाउने भाडा कुँडाका साथै टुथपेष्ट, ब्रस, साबुन र हाते रुमाल समेत गरि करीव २ लाख रुपैयाँ बराबरको सामग्री रहेको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष अर्यालका अनुसार क्लवले यसअघि संगठनकै सिफल, ललितपुरको ठेँचो र काभ्रेको पाँचखालमा आश्रीत थप २ सयजना वालवालिकालाई पनि हालै करीव ३ लाख रुपैयाँ बराबरको दशैं उपहार सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा संगठनकी अध्यक्ष वैद्यले सहयोगी दाता रोटरी क्लव दरवारमार्गलाई धन्यवाद दिइन ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालले क्लवका पदाधिकारीहरुको व्यक्तिगत सहयोगबाट वालवालिकालाई दशैंको उपहार दिइएको बताए ।
क्लवका वर्तमान अध्यक्ष सकुन्द राज अर्यालले वालसंगठनमा आश्रीत वालवालिकाको लागि यो पहिलो सहयोग रहेको र भविष्यमा पनि यस्ता सहयोग जारी रहने बताए ।





































