नबिल बैँकका सिइओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त, क्लब फुटबलमा कर्पोरेट लगानी :: BIZMANDU

261


काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बैंकर अनिल केशरी शाहलाई एन्फाको सल्लाहकारमा नियुक्त गरेको छ।

कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएपछि नै एन्फाले बैंकर शाहलाई कर्पोरेट सल्लाहकारको रुपमा नियुक्त गरेको जनाएको थियो। त्यसको झण्डै तीन महिनापछि एन्फा अध्यक्ष शेर्पाले अनिल शाहलाई सल्लाहकारको रुपमा नियुक्त गरेको पत्र दिँदै शाहले फुटबलमा पुनरागमन गरेको बताएका छन्।

अध्यक्ष शेर्पाले विभिन्न क्षेत्रबाट ११ जना सल्लाहकार नियुक्त गर्न मिल्ने र त्यसैअनुसार शाहलाई नियुक्त गरेको पहिलोपोलास्टई जानकारी दिए।

‘नेपाली फुटबलको विकासका लागि अनिल शाहलाई सल्लाहकार नियुक्त गरेको छ। फुटबलमा उहाँको पनि योगदान छ।’

शेर्पाको नेतृत्वमा रहेको एन्फाले विभिन्न विभाग गठन गर्दै संयोजकहरु तोकिसकेको छ भने फुटबल बाहेकको क्षेत्रबाट सल्लाहकार समेत नियुक्त गरिरहेको छ। यसअघि व्यवसायी सुरज वैद्य र विष्णु कुमार अग्रवाललाई समेत सल्लाहकारमा नियुक्त गरेको थियो।

नबिल बैंकका सिइओ अनिल शाह फुटबलको लागि नयाँ नाम भने होइन।

शाह नबिल बैंकमै भएको बेला नेपाली क्लब फुटबलमा कर्पोरेट लगानी सुरु भएको थियो। त्यतिबेला शाहकै अग्रसरतामा ए डिभिजन क्लब थ्री स्टारलाई नबिल बैंकले प्रायोजन गरेको थियो।

पछि शाह मेगा बैंकमा हुँदा पनि थ्री स्टारलाई प्रायोजन गरेका थिए।




नबिल बैँकका सिइओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त, क्लब फुटबलमा कर्पोरेट लगानी को लागी १ प्रतिक्रिया(हरु)

anonymous 2018[ 2018-09-18 05:05:40 ]
ekaek charcha ma aaye pheri anil sir. mega ma huda gumnaam nabil ma huda sher. sanstha jati thulo bekti utikai thulo bhanne kura siddha bhayo.



   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link