नेबिसंघ भक्तपुर आन्दोलनमा

296

भक्तपुर, । पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको बिरुद्धमा नेपाल बिद्यार्थी संघ भक्तपुरले मसाल जुलुस गरेको छ । मूल्य बृद्धिको बिरुद्धमा नेविसंघले बिभिन्न बिरोधका कार्यक्रम जारी राख्ने क्रममा मसाल जुलुस गरेको हो ।
नेबिसंघले शनिवार भक्तपुरको इताछेंबाट मसाल जुलुस सुरु गरि सिद्धपोखरीमा कोण सभा गरि बिरोध कार्यक्रम गरेको थियो ।

कार्यक्रममा नेबिसंघ भक्तपुर जिल्ला कार्यसमितिले वर्तमान सरकारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्दै ढाड सेकेको र मूल्य बृद्धि फिर्ता नगरे सम्म कडा आन्दोलनको कार्यक्रम गर्ने जनाएको छ ।