नेपाल घुम्न आएका स्पेनका नागरिकको भक्तपुरमा मृत्यु

1446

भक्तपुर- नेपाल भ्रमणमा रहेका एक स्पेनेली नागरिकको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका–५ तेलकोटबाट पैदल चाँगुनारायणतर्फ जाने क्रममा स्पेनेली नागरिक ७२ वर्षीया मेर्सेडस मर्ट अचानक बेहोस भएका थिए। उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए।