भक्तपुर सुडालमा अखाद्य घरेलु मदिराकाे बिगबिगी

0

भक्तपुर। भक्तपुरको सुडालमा अखाद्य घरेलु मदिराकाे बिगबिगी बढेकाे छ । समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरीले भक्तपुरका विभिन्न स्थानबाट स्वास्थ्यलाई हानी पुर्‍याउने अखाद्य घरेलु मदिरा बरामद गरी नष्ट गरेसँगै याे समस्या उजागर भएको हाे ।

प्रहरी वृत्त जगाती भक्तपुर तथा मातहत प्रहरी प्रभाग सुडालबाट प्रहरी निरीक्षक (प्र.नि.) लिला भक्त बादेको कमाण्डमा खटिएको प्रहरी टोलीले आफ्नो कार्यक्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा साे किसिमको मदिरा बरामद गरेको हो।

प्रहरीका अनुसार जगाती क्षेत्रबाट करिब ११० लिटर र प्रहरी प्रभाग सुडालको कार्यक्षेत्रबाट करिब १०० लिटर गरी जम्मा २१० लिटर अखाद्य घरेलु मदिरा बरामद गरिएको थियो।

बरामद गरिएको मदिरा प्रहरी कर्मचारी तथा स्थानीयवासीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अवैध तथा स्वास्थ्यका लागि हानिकारक गतिविधिविरुद्ध नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।