काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरिएको छ। आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा पूर्व सचिव डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीका रूपमा सामाजिक अभियन्ता बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिनुभयो।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो।








































