भक्तपुर । राप्रपा भक्तपुरका दुई प्रदेशमा मात्र बाँकी रहेको राप्रपा भक्तपुरले जनाएको छ । राप्रपा भक्तपुरले आफ्ना चार नै प्रदेशमा उम्मेद्वारी दिएको भएपनि भक्तपुर क्षेत्र नम्वर १ प्रदेश २ भक्तपुर नगर र निर्वाचन क्षेत्र नम्वर २ प्रदेश २ मा राप्रपाले लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने भए सँगै भक्तपुरमा अव २ प्रदेशमा मात्र आफ्ना उम्मेद्वार सिमित भएका हुन् ।
राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष दिनेश क्षेष्ठका अनुसार भक्तपुरका दुवै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनलाई राप्रपाको समर्थन रहेको छ । साथै सुर्यविनायक प्रदेश र चाँगु प्रदेशमा भने हाम्रो आफ्नै उम्मेदवार रहेको उहाँले जानकारी दिनु भयो साथै थिमी प्रदेश र भक्तपुर प्रदेशमा भने राप्रपाको समर्थन लोकतान्त्रिक गठबन्धनका लागि रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
राप्रपाका नेता कार्यकर्ता शुभ चिन्तक र आम मतदातामा चाँगु र सुर्यविनायक प्रदेशमा राप्रपाको चुनाव चिन्ह गाई मा नै मतदान गर्न आग्रह गर्नुभएको छ ।







































