भक्तपुर । लामो समय देखि नेपाल भाषा साहित्य लाई जर्गेनार्थ भक्तपुरमा संचालन हुँदै आएको तःमुंज्याले यस बर्ष पनि निरन्तरता पाउने भएको छ ।
विगत ३७ बर्ष देखि निरन्तर विजया दशमीको अवसरमा गरिदै आएको साहित्य सम्मेलन यो बर्ष कार्तिक ४ र ५ गते ३८ औं साहित्य सम्मेलन गरिने भएको हो ।
हाम्रो भाषा साहित्य र कला उत्थान गर्ने उदेश्यका साथ समसामयिक राजनीति विषयमा जनतालाई चेतना साहित्यिक रुपमा दिदै आएको उक्त सम्मेलनले नेपाली साहित्य क्षेत्रको जर्गेनाको अहम भूमिका निर्वाह गरेको पाईन्छ ।
नेपाल भाषा मात्र नभएर नेपालमा प्रचलनमा रहेका जुन कुनै भाषा संस्कृति एवं साहित्यको संरक्षणका खातिर भक्तपुरमा तःमुंज्या गरिदै आएको ३८औं नेपाल भाषा साहित्य तंःमुंज्या आयोजक समितिले जनाएको छ ।
आफ्नो भाषीक संरक्षणका खातिर मजदुर श्रमिकले नै साहित्य श्रृजना गर्छन् भन्ने हेतुका साथ उक्त सम्मेलन भाषा र साहित्य संरक्षणका लागि हरेक बर्ष आयोजना गरिदै आएको उनीहरुले जनाएका छन् ।
नेपाली साहित्यका पारखीहरुका लागि सवै भन्दा उपयुक्त मझेरिका रुपमा हरेक बर्ष आयोजना हुँदै आएको तंःमुज्यामा नेपाली साहित्य श्रृजनाका विभिन्न हस्तिहरुको रचना उनीहरुकै मुखारविन्दुवाट दुई दिन सम्म सुन्न सकिने आयोजकले जनाएको छ ।
यस बर्ष भक्तपुर नगरपालिका वडा नम्वर १० कमलविनायकमा आयोजना हुन् लागेको उक्त सम्मेलनमा सयौंका संख्यामा वरिष्ठ लेखक एवं समालोचक साहित्यकारका श्रृजनाहरु बाचन हुने आयोजकले जनाएका छन् ।
हरेक बर्ष तःमुंज्या दसैंको द्दादशी र त्रयोदशीको दिन गरिदै आएको छ जसमा प्रतियोगी तथा अप्रतियोगी दर्जनौं नवोदित साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत गर्नुका साथै साहित्य सम्मेलनलगत्तै साँझ सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिने छ ।







































