मानवताकालागी पत्रकारको सहयोग

317

प्रसंग सृजना बचाउ अभियान

भक्तपुर । कामले पत्रकारीता जो आफैमा कम आम्दानी हुने पेशा भएका कारण नयाँ पुस्तामा पत्रकारीताको क्रेज घटदै गएको छ । तर तामाङ समुदायका एक युवा जो पत्रकारीतावाट कमाई भन्दा पनि मानवताको सेवा गर्ने मनसायका साथ लागी रहेका छन् ।

कामले पत्रकारीता गर्दै आउनु भएका सुदिन दोङ र कालाकार एवं कथाकार रितुराज पाखरिनको विषेश पहलमा हाल पाठेघर र आन्द्रको क्यान्सर बाट ग्रसित सृजना तामाङ वचाउ अभियानमा जुटेका छन् ।

सृजना बचाउ अभियानमा आज उनी र उनको समुहले सुर्यविनायकको सुर्यविनायक पार्टी प्यालेसमा क्यान्सर पिडित सृजना बचाउ अभियान  बृहत साँस्कृतिक कार्यक्रम २०७४ को आयोजना गराएका छ ।

साँस्कृतिक कार्यक्रममा तामाङ समुदायका विशिस्ट ब्यक्तित्व कलाकार एवं संस्कृति पारखीहरुको उपस्थिती रहेको थियो ।

 दोङका अनुसार हाल सहयोगका नाममा विभिन्न संघ संस्था आदिले चन्दा उठाउँदै आफै पैसा कुम्लाउँदै गरेको उदाहरण पनि रहेका छन् । र पिडित भने पिडामा नै रहन बाध्य छन् । यसै कारण हाम्रो समुदायमा के कस्ता समस्या छन् सक्नेले आफै पनि केहि गर्न सक्छ नसक्नेका लागी आफु भित्रबाट नै सहयोग र सद्-भावको भावना जागृत गर्नु पर्दछ भनी साँस्कृतिक कार्यक्रम राखेको उनको भनाई थियो ।

साँस्कृतिक कार्यक्रमले समुदायमा आपनत्तोको काम गर्यो भने सृजना जस्ता बास्तविक पिडितलाई त्यही उपस्थितले नै प्रत्यक्ष रुपमा सहयोग पनि गर्न सके र प्रत्यक्ष सहयोग पिडित पक्षले नै पाए यसैका लागी आफु लागी रहेको उनको भनाई थियो ।

विगत तीन महिना देखि सृजना बचाउ अभियानमा जुटेका रितुराज पाखरिन र सुदिन दोङले हाल सम्म ४ लाख रुपैँया सहयोग जुटाउन सफल भएका छन् ।

 दोङको पहलमा सृजना भन्दा पहिला मन्जुमाया मोत्तान र कुमारीमाया तामाङ बचाउ अभियान सँचालन गरी उनीहरुको उपचारमा सहयोग पु ञ्याएका थिए ।

भक्तपुरमा अयोजित सृजना बचाउ अभियानका प्रमुख अतिथि कलाकार एवं चर्चित खलनायक विकु थोकर अतिथिहरु रोसन तामाङ, पदम आले एलेक्स , रञ्जीत ब्लोनलगाएतका महानुभावले सुदिन र रितुराजले गरेको कार्यको सराहना गर्दै उनीहरुले तामाङ समुदायको शिर उचो राख्ने कार्य गरेको बताएका थिए ।

कार्यक्रममा तामाङ समुदायका विभिन्न साँस्कृतिक प्रस्तुती एवं झाँकी प्रस्तुत गरिएको थियो ।