लामो समयदेखि पर्यटन व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेका कार्कीले अब आफ्नो अनुभव, ज्ञान र नेतृत्व क्षमतालाई राजनीतिक माध्यमबाट देश विकासमा प्रयोग गर्ने उद्देश्यसहित रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बताए ।
कार्कीले पर्यटन क्षेत्रमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधि विस्तारमा योगदान पु¥याएका छन् । उनी आत्मनिर्भर अर्थतन्त्र निर्माण, सुशासन प्रवद्र्धन तथा राज्यका सबै तहमा मितव्ययिता कायम गर्नुपर्ने पक्षमा दृढ रहेको बताउँछन् ।
शिक्षाको क्षेत्रमा पनि कार्कीको ठुलो योगदान रहेको छ ।कार्कीले २५ वर्षदेखि गरिब, असहाय तथा अनाथ बालबालिकाको शिक्षा र संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
उनले सञ्चालन गरेको गोकर्णेश्वरस्थित विद्यालयमा २०० भन्दा बढी विद्यार्थीले कक्षा १० सम्म निःशुल्क अध्ययन गर्ने अवसर पाएका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ।
त्यसैगरी, गरिब तथा अनाथ बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि आवासको समेत व्यवस्था गर्दै कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने अभियान सञ्चालन गरिएको छ। यस कार्यक्रमबाट नेपालका विभिन्न ग्रामीण जिल्लाबाट आएका बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन्।
शिक्षा र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै उनले गोरखाको साविक आर्खेत–थुमी गाविसको स्वारागाउँमा ३० जना क्षमताको छात्रावास निर्माण गरी स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन्। उक्त छात्रावासले दुर्गम क्षेत्रका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गरेको छ।
उनका अनुसार देश तथा विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्ने समय आएको छ । “व्यवसाय र समाजसेवाबाट प्राप्त अनुभवलाई अब नीति निर्माण र राजनीतिक नेतृत्वमार्फत देशको विकासमा प्रयोग गर्न चाहन्छु,” कार्कीले भने ।
देशका अधिकांश ग्रामीण क्षेत्रको भ्रमण गरिसकेका कार्कीले विश्वका ७० भन्दा बढी देशको समेत अवलोकन भ्रमण गरेका छन्। विभिन्न देशका विकासका मोडेल, आर्थिक संरचना, पर्यटन प्रवद्र्धनका अभ्यास तथा सुशासनका अनुभवलाई नेपालमा लागू गर्न सकिने विश्वास उनको छ ।
उनले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन, कृषि, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै युवामुखी, पारदर्शी र उत्तरदायी राजनीतिक संस्कृतिको आवश्यकता औंल्याए ।
कार्कीको उम्मेदवारीले पर्यटन क्षेत्र, सामाजिक क्षेत्र र उद्यमशीलता क्षेत्रमा संलग्न व्यक्तिहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय तहमा थप बलियो हुने अपेक्षा गरिएको छ । उनले पार्टी संगठन सुदृढीकरण, वैकल्पिक राजनीतिको एजेन्डालाई संस्थागत बनाउने तथा जनतासँग प्रत्यक्ष जोडिने नीति निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।







































