“राष्ट्रको उत्कृष्ट युवा “ पुरस्कारबाट भक्तपुरका अरुण सैंजू सम्मानित

1587

भक्तपुर । “राष्ट्रको उत्कृष्ट युवा “ पुरस्कारबाट भक्तपुरका युवा सम्मानित भएका छन् । साहसिर एवं वीरतापूर्ण विद्यामा भक्तपुरमा युवा अरुण सैंजू सम्मनित भएका हुन् ।

जनकपुरमा बुधवार आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति रामबरण यादवले उनलाई सम्मान गरेका हुन् ।

देशका दश विद्यामा दश युवा सम्मानित हुँदा भक्तपुरका सैंजू साहसिक एवं वीरतापूण कार्यमा संलग्न भई उल्लेखनीय योगदान पु¥याएबापत “राष्ट्रको उत्कृष्ट युवा “ त्जभ इगतकतबलमष्लन थ्यगतज या ल्बतष्यल पुरस्कारबाट सम्मानित भएका हुन् ।

उद्धारका पर्यायवाची अरुण सैंजु

“राष्ट्रको उत्कृष्ट युवा “ विभिन्न विदामा छनोट गरिएको थियो ।


१) विज्ञान वा प्रविधि विकासको लागि पु¥याएको योगदान,
२) शैक्षिक विकास, प्रचार र प्रशासनमा पु¥याएको योगदान,
३) साहित्य कला संगीत तथा संस्कृतिमा उत्कृष्ट योगदान पु¥याएबापत ,
४) आर्थिक विकास, ब्यापारिक तथा औद्योगिक गतिविधिमा पु¥याएको योगदान,
५) मानव अधिकार, सामाजिक न्याय, जातिय विभेद विरुद्द कानूनी राज्यको पक्षमा समर्पित, समजोत्थानमा सक्रियता
६) देशको कृषि क्षेत्र र पर्यटन विकासमा उल्लेखनिय योगदान
७) साहसिक एवं वीरतापूर्ण कार्यमा संलग्न भई उल्लेखनिय योगदान पु¥याएको
८) ऐतिहाँसिक अन्वेषण, धर्म र संस्कृतिको संरक्षणमा योगदान
९) खेलकुद विकास, स्वास्थ्य, शारीरीक विकास तथा वातावरण सन्तुलनमा योगदान
१० ) देशको प्रतिष्ठा बढाउन अन्तराष्ट्रिय क्षेत्रमा गरेको प्रयास वा योगदान मा सम्मानित गरिएको थियो ।
नेपाल जेसीजले प्रत्यक वर्ष यो पुरस्कार दिदै आएको छ ।