Home शिक्षा विद्यालय शिक्षामा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
संगम लामा
काभ्रे । विद्यालय शिक्षामा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित अन्तरक्रियामा परिवर्तित सन्दर्भमा नेपालको शिक्षाको नीति तथा अभ्यासहारुको विषयमा छलफल भएको थियो ।
विद्यालय शिक्षामा स्थानीय सरकार ,सुशासन र संघीयता, स्थानीय सरकार शिक्षा ब्यवस्थापन विषयमा कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रममा काभ्रेको शैक्षिक अवस्था समस्या चुनौतीहरु र विद्यालय शिक्षामा स्थानीय सरकारले गरेका अभ्यासहरुको विषयमा छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख उद्दब केसीले शिक्षामा सुधारका काम धेरै बाँकी भएकोले यसलाई स्थानीय निकायले सुधार गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनुभएको थियो ।

शिक्षा नागरिकको मौलिक अधिकारका साथ साथै स्थानीय तह बलियो बनाउने आधार पनि भएकाले स्थानीय सरकाले यसलाई कार्यन्वयनको पाटोमा लानु पर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तानले विद्यालय शिक्षामा काभ्रेका स्थानीय सरकाले गरेका अभ्यासहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्दैशक दिपक शर्मा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रल्हाद कार्की, समित घिमिरे, डा. नवराज खतिवडा , शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख डिक वहादुर गुरुङ र नाङशाल एशोसियसन नेपाका कार्यकारी निर्दैशक गुणराज मुक्तानले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रको टिप्पणी र सुझाव काठमाण्डौं विश्व विद्यालयका पूर्व कुलपति डा. सुरेशराज शर्मा, प्रा.डा. विद्यानाथ कोइराला, प्रा. भोला केसी र पूर्व शिक्षा सचिव जनार्दन नेपालले गरेका थिए ।
कार्यक्रम सेभ द चिल्ड्रेन र नाङशाल एशोसिएसन नेपालको सहयोगमा जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको थियो ।
Related