काठमाडौं- काठमाडौंको एक स्कुलबाट हराएका दुई बालबालिकालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको छ।
काठमाडौं महानगरपालिका-३ आनन्दपुरस्थित ग्यानचेन स्याङ्जिन स्कुलमा पढ्ने ५ वर्षका जेम्स मोक्तान र उनलाई लिन आएकी ९ वर्षीया बालिका सानीमाया योन्जन सोमबारबाट हराएका थिए। जेम्स युकेजीमा पढ्छन्।
कपन प्रहरीको सम्पर्कमा आएका उनीहरुलाई आज बिहान स्कुलका प्रिन्सिपल सुवास लामाको जिम्मा लगाइएको बौद्ध प्रहरीका डिएसपी श्याम राईले जानकारी दिए।
इटालियन लगानीमा सञ्चालित स्कुलमा करिब ५ सय विद्यार्थी अध्ययनरत छन्।





































