हप्ता नदिदा आफूलाई फसाउन खोजियो : रोमन शिलाकार

1188

भक्तपुर । कपिलवस्तु क्षेत्र नम्वर तीनका प्रतिनिधिसभा सदस्यलाई हप्ता ददिँदा आफूलाई फसाउने कोसिस भएको प्लाईउड उद्योगका संचालक रोमन शिलाकारले आरोप लगाएका छन् । आफू सँग २० लाख रुपैंयाको माग गर्दै आएका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहालाई पैसा नदिएका कारण आफूलाई कपिलबस्तुका प्रहरी प्रमुखसँग जोड्दै फसाउने कोसिस गरेको बताए ।
भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कपिलवस्तुमा भएका उद्योग र गोदाममा पटक पटक शाहले धम्कीपूर्ण भाषा प्रयोग गर्दै पैसा माग्दै आएको आरोप रहेको छ ।
हाल सिलाकारको कपिलबस्तुमा रहेको गोदामा कृषकको अनुदानमा आएको युरिया मल लुकाएको र यसमा कपिलवस्तु प्रहरीको पनि संलग्नता रहेको भन्ने हल्ला निराधार भएको उनले बताए ।
प्लाईउड उद्योगमा केमिकलको लागि सरकारी अनुदानको युरिया मल लुकाएको भन्ने समाचार भ्रामक र तथ्यहिन हो । साउन ६ गते आइतबार राती कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु मेरो नेपाल इन्डो इन्ड्रट्रिज प्रालिद्धारा संचालित प्लाईउड उद्योगमा राती करिब ९ बजेको समयमा जवरजस्ती घुसेर आफैंले ट्रयाक्टरबाट युरियामल झारेर फोटो खिचेर, म र मेरो कम्पनीले मल तस्करी गरेको भन्ने आरोप प्रति म घोर भत्सर्ना गर्दछु । उनले विज्ञप्तीमा भनेका छन् ।
साथै उक्त समाचारमा कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज यादवको समेत मिलोमतो भनेर उहाँलाई समेत बदनाम गराउन खोजिएको छ । २०७४ साल माघमा सांसद शाहले मसंग २० लाख रुपैँया चन्दा सहयोग माग्नु भएको थियो । मैले उक्त रकम दिन नसकिने बताएको थिए । त्यसपछि पूःन साउन १ गते उहाँले आफैं फोन गरेर फेरी ५ लाख चन्दा सहयोग माग्नु भयो । मैले उहाँले मागेको रकम चन्दा नदिएपछि उहाँको निर्देशनमा मलाई नियोजित रुपमा फसाँउन केही व्यक्तिहरु लागिपरेका छन् सिलाकार बताउँछन् ।
भक्तपुर जिल्ला क्षेत्र नम्वर १ ख बाट प्रदेश सभा सदस्य उम्मेदवार रहेका सिलाकारले आफुले शाहालाई चन्दा नदिदाँ उनले आफुलाई तर्साउँदै आएका तथा विभिन्न गालि गलोच गर्दै पैसा माग्ने गरेको जनाएका छन् ।