पुल नबन्दा विद्यार्थीको कन्तविजोक , समयमा काम नगर्ने ठेकेदारलाई कारवाही खै (भिडियो सहित )

506

मकवानपुर ।
बारा बाट मकवानपुर बकैया गाउँपालिका र चन्द्रपुर नगरपालिकालाई लक्षित गरेर निर्माणधिन पुल समयमा निर्माण हुन् नसक्दा विद्यार्थीको कन्तविजोक भएको छ । बर्षा याम सुरु भए सँगै धन्सार खोलामा आएको बाढिका कारण सानासाना विद्यार्थीहरुको विजोग भएको हो ।
बाढि आएको दिन त खोला वारी नै बस्ने हो विद्यालय जान सकिन्न गए पनि घर फर्कन सकिन्न श्री सरस्वती मावि र हिमालाय प्राथमिक विद्यालयक विद्यार्थीहरु बताउँछन् ।
खोलामा निर्माणधिन झोलुङ्गे पुल निर्माणका ठेक्का पाएका राम प्रसाद यादवले समयमा काम नसक्दा विद्यार्थीलगाएत अन्यको पनि कन्तविजोक भएको छ ।
ठेकेदारले समयमा काम नसक्दा खोलाले बगाउला कि भन्ने डरले आफ्ना नानी विद्यालय पठाउन समेत सोच्नु पर्ने भएको स्थानिय अरुण बस्तीका सरोज तामाङ बताउँछन् । अरुण बस्ती , रजुवा , भोलनटार लगाएतका बस्तीका मानिसले आवत जावत गर्ने उक्त बाटोमा विगत दुई बर्ष अधि देखि पुल बनाउन थालनी भएपनि हाल सम्म ठेकेदारको लापरवाहिले म्याद थपिदै आएको स्थानिय बताउँछन् ।
खोलाले विगतका दिनमा पटक पटक मानिस बगाउँदै आएकोले छिटो भन्दा छिटो समस्याको समाधान स्वरुप झोलुङ्गे पुल निमार्ण थालिएपनि समयमा पुल निर्माण नहुँदा उक्त स्थानको समस्या भने जिउँका तिउँ रहेको छ ।