एमालेलाई ४५ जिल्ला, माओवादीलाई ३२

341

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्लाको भागबण्डा आज मिलाएको छ । तत्कालिन नेकपा एमालेलाई ४५ जिल्ला र तत्कालिन नेकपा माओवादी केन्द्रलाई ३२ जिल्ला अध्यक्ष दिने गरी भागबण्डा मिलाएको स्रोतले जानकारी दिएको हो ।

नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार तत्कालिन एमालेले अध्यक्ष पाएको जिल्लाको सचिव तत्कालिन माओवादी केन्द्रले पाउँनेछ । यस्तै तत्कालिन माओवादी केन्द्रले अध्यक्ष पाएको जिल्लामा तत्कालिन एमालेले सचिव पाउनेछ ।

पार्टी एकीकरण अघि जुन जुन जिल्लामा जसजसले नेतृत्व गरेका थिए, उनैलाई नेतृत्व दिने आन्तरिक सहमति पनि भएको स्रोतको दाबी छ ।

‘तत्कालिन एमालेले अध्यक्ष पाएको जिल्लामा एकीकरण अघि जसले जिल्ला अध्यक्षको जिम्मेवारी लिनुभएको थियो, उहाँ नै फेरि अध्यक्ष हुनुहुने आन्तरिक सहमति भएको छ, तत्कालिन माओवादी केन्द्रको हकमा पनि यस्तै व्यवस्था साथ जिल्ला बाँडफाँड गरिएको स्रोतले जनाएको छ ।