कस्मिरी एक जुटता दिवस काठमाण्डौंमा पनि

290

काठमाण्डौं । प्रत्यक फेव्र्रवरी ५ तारिकका दिन पाकिस्तानले मनाउँदै आएको कस्मिरी एक जुटता दिवस काठमाण्डौंमा पनि मनाईएको छ । नेपालकालागि पाकिस्तानी दूतावसले एक कार्यक्रम विच उक्त दिवस मनाएको हो ।
कस्मिरमा भएका समस्या र उनीहरुलाभई भारतिय सेनाले गरेको दमन अनी थिचोमिचोका विरोध गर्दै कस्मिरी जनताको पनि वाँच्न पाउने हक छ उनीहरुपनि स्वतन्त्र हुन् अनी उनीहरुको मानव अधिकारको रक्षा कहिले हुने भन्दै पाकिस्तानीहरुले कस्मिरी एकजुटता दिवस मनाएको हो ।
मंगलवार दूतावासमा आयोजित कार्यक्रममा पूर्वराजदूत तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले कस्मिरमा भारतीय सुरक्षाकर्मीबाट भइरहेका मानवअधिकार उल्लंघनका गतिविधि रोक्नुपार्ने र कस्मिरमा राष्ट्संघले अधि सारेको समस्या समाधानको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा पाकिस्तानी राजदूत मजर जाभेदले पाकिस्तानी प्रधानमन्त्रीको सन्देश बाचन गर्दै कस्मिरमात्र नभई हरेक पाकिस्तानी हिन्दुस्तनबाट पिडित रहेको बताउनुभएको थियो ।
कस्मिरको जनता जहिले पनि अमन चयन अनी शान्ति चाहन्छन् भन्दै उक्त दिवस विश्व भर पाकिस्तानी दुतावसहरुमा अनी पाकिस्तानमा मनाईदै आएको छ ।