तामाङ जातिको पनि आफ्नै राज्य हुनुपर्छ : मुख्यमन्त्री राउत

313

जनकपुर– प्रदेश २ का मुख्‍यमन्त्री लालबाबु राउतले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले आफ्नो प्रदेशले सबैलाई सम्मान गर्ने बताएका छन्।

उनले विभेदमा पारिएकाहरूलाई अधिकार दिलाउन कुनै कसर बाँकी नराख्ने बताए।

सोनाम ल्होछारको अवसरमा सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले आफ्नै भेषभुष र विशिष्ट पहिचान भएको बताए।

उनले संघीय सरकारका कारण स्वतन्त्र भएर काम गर्न नपाएको गुनासो गर्दै तामाङ जातिको पनि आफ्नै राज्य हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।