काठमाडौं – विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा बिलय हुने भएको छ । साढे ५ बजे काठमाडौंमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गर्न दुवै पक्ष सहमत भएका छन् ।
२०२६ सालदेखि कांग्रेसबाट राजनीतिक जीवन सुरु गरेका गच्छदारले २०६३ सालमा कांग्रेस त्याग गर्नुभएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ सालको संविधानसभा चुनाव जितेका गच्छदार फोरम फुटाएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष बन्नुभएको थियो ।
गएको चैतमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीबिच एकता गरेर नेपाल लोकतान्त्रिक फोरम बनेको हो ।
Related