नगरकोट जंगलमा शव फेला

1008

भक्तपुर-  भक्तपुरको चाँगुनारायण नगरपालिका ८ नगरकोटस्थित बाल वन जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

नामथर नखुलेको अन्दाजी ४३ देखि ४६ बर्षको मंगोलियन अनुहार भएको व्यक्ति जंगलमा भुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

शवको पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले बताए।