त्रिपुरा सुन्दरी धाम जमिन खरिद गर्न एकै दिन ४ लाख ७ हजार ७०७ संकलन

630

भक्तपुर । त्रिपुरा सुन्दरी भद्राक्षी देवी तथा  मातेश्वर महादेवमन्दिर संरक्षण एवम जमिन खरिद योजना २०७५ अन्र्तत टोल टोलमा रकम संकलन अभियान अन्र्तगत एकै दिन ४ लाख ७ हजार ७०७ रुपैँया संकलन भएको छ । मन्दिर संरक्षण तथा मन्दिरको सँधमा रहेको जमिन खरिद गर्न गरिएको अभियानमा एकै दिन उक्त रकम संकलन भएको आर्थिक संयोजक माधव खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार साँधमा रहेको जमिन खरिदका लागि ४९ लाख रकम आवश्यक छ । आर्थिक जुटाउन लगाइएको सप्ताहवाट ३४ लाख रुपैँया संकलन भएको छ ।

जमिन खरिदका लागि नपुग १५ लाख रुपैँया जुटाउन आफुहरुले विभिन्न स्थानमा आर्थिक संकलनको कार्यक्रम गर्दै आएको खत्रीले जानकारी दिनुभयो । आर्थिक संकलन कार्यक्रमको पहिलो दिन मधु खड्काबाट एक लाख एक हजार एक सय ११ रुपैयाँ,सम्पुर्ण राेक्का ५१५५५ रुपैयाँ , सुरेस कुमार दाहलबाट २५ हजार, गोरे तामाङबाट १५ हजार तथा विनोद केसीबाट एघार हजार १११ रुपैयाँ लगायत अन्य सहयोगी दाताबाट गरि चार लाख सात हजार सात सय सात रुपैयाँ संकलन भएको संयोजक खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अझ पनि उक्त जमिन खरिदका लागि रकम अभाव नै छ यसैकारण आफुहरुले विभिन्न स्थानमा रकम संकलनकालागि पहल अनरुप जेठ ३० गते बुधवार दुवाकोट माथिल्लो हाइट, नारायणी दिदीको पसलमा विहान ७ बजेदेखि आर्थिक संकलन कार्यक्रम गरिने समेत बताउनुभयो ।
उक्त स्थानमा जमिन खरिद तथा धाम निर्माण गर्ने लक्ष्य पुरा गर्न सवै समक्ष सहयोगका हात बढाउन उहाँले अनुरोध समेत गर्नु भएको छ ।