नौबिसे केन्द्रबिन्दु भएर गयो ५.२ म्याग्निच्युडको भूकम्प

297

काठमाडौंः राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ ।

आज बिहान पहिलो धादिङको नौबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण धादिङसहित काठमाडौं उपत्यका क्षेत्रमा हल्लाएको हो ।

पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो ।

भूकम्पको धक्कासँगै राजधानीबासी त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।

थप विवरण आउन बाँकी छ ।

यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ ।