सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा ७ स्थित पंचायत मा.वि गाेठगाउँमा एकल , वृद्धा महिला सम्मान तथा अन्तरर्किया कार्यक्रम पहिलाे पाहिला नेपालकाे आयाेजनामा सम्पन्न भएको छ । स्थानिय लालि गुरांश भवन किर्तन समुह सहयाेगि संस्था रहेकाे कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका उपप्रमुख धनमाया तामाङ रहेकी थिईन । कार्यक्रममा प्रमुख अतिथी उपमेयर तामाङले यस संस्थाले एकल महिला र जेष्ठ महिलालाई सम्मान गरि समाजमा हामीले गर्नु पर्ने कर्तव्यलाई ख्याल गरेर आदर सम्मान गरेकाेमा आफुलाई खुसी लागेकाे बताउंदै यस्ता खालका सकारात्मक कार्यक्रमले समाजमा अझै निरन्तरता पाउंनु पर्ने उल्लेख गरिन ।
कार्यक्रममा नगरमाता १ सय १० वर्षिय महेश्वरी अधिकारी ,सुन्दरहरैचा ११ निवासी ८७ वर्षीय सुभद्रा पोखरेल, ८७ वर्षीय शारदादेवी मगर ,८२ वर्षीय नरमाया नेपाल, मिठुमाया रम्तेल , हेमलक्ष्मी श्रेष्ठ, शिव कुमारी भुजेल , लक्ष्मीमाया रिजाल , मनमाया तिम्सिना लगायत सन्तान नभएकी र श्रीमानको निधन भईसकेकी राजाकुमारी श्रेष्ठलाई समेत सम्मान गरिएको अायाेजक संस्थाका अध्यक्ष निराजन धमलाले बताए । संस्थाले सन्तान नभएकी र श्रीमानको समेत निधन भएकाे एकल महिला राजाकुमारी श्रेष्ठलाई आजीवन भोजनको समेत व्यवस्था गर्ने अायाेजक संस्थाका अध्यक्ष धमलाले जानकारी दिए ।








































