लगातारको हिमपातले मर्न थाले वन्यजन्तु

227

मनाङ : उच्च हिमाली भेगमा पाइने लोपपोन्मुख वन्यजन्तु लगातारको हिमपातले मर्न थालको छन्। हिमपातले नाउर, घोरल, थार, मृगलगायत वन्यजन्तुहरु मर्न थालेका हो। 

करिब डेढ महिनादेखिको लगातारको हिमपातले बढेको अत्यधिक चिसो र खानेकुराको अभावले वन्यजन्तु मर्न थालेका हुन्। मनाङको माथिल्ले भेगमा पर्ने गुम्छाङ, याकखर्क, खांसार, तिलिचो बेसक्याम, नारफु, भिमथाङ गुवालगायतका स्थानमा ती वन्यजन्तुहरु मरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बावुलाल तिरुवले बताए।

‘हिउँ परिररहेको छ,’ उनले भने, ‘जताततै हिउँका थुप्रा छन्, फिल्डमा जान सक्ने अवस्था छैन। कति मरे भन्ने यकिन हुन सकेको छैन।’ 

Source link