भक्तपुरको सूर्यविनायक बाट ६ जुवाडे पक्राउ

822

भक्तपुरः भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट ६ जुवाडे पक्राउ परेका छन् ।

शुक्रबार न्यु सनराईज होटलको भुई तलामा जुवा खेलिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नगद ४० हजार ४ सय ३० रूपैयाँ र ३ बुक तास समेत फेला परेको प्रहरीले जनाएको छ ।