Home समाचार भक्तपुरको सर्वण चोकबाट बालक गायव खोजी दिन आमाको आग्रह
भक्तपुर । सल्लाघारिको सर्वण चोकबाट बर्ष १४ को पुजन घिसिङ तामाङ चैत २ गते देखि हराई रहेका छन् । शनिवार दिउसो ४ बजे सम्म साथीहरु सँग फुटबल खेली रहेका उनी एक्कासी गायव भएपछि उनको परिवारमा अत्यास भएको छ ।
उनका खोजीका लागि उनकी आमा राम माया तामाङ निकै आत्तिएकी छन् । उनले आफ्नो छोरा शनिवार दिउसो करिब ४ बजे देखेपनि हाल सम्म उनी सम्पर्कमा नआउँदा आफू निकै अत्तालिएको बताउनुभयो । उहाँले आफ्नो छोरालाई छिटै घर आउन आग्रह गदै कसैले कहि देख्नु भएका खण्डमा नजिकको प्रहरी कार्यालय वा आफूलाई सम्पर्क गरि दिनुहुन समेत आग्रह गर्नुभया्े ।
मोर्डन स्कुलको कक्षा ८ मा अध्ययन गर्दै आएका उनी एक्कासी गायव भएपछि परिवार उनको खोजीमा जुटेका छन् ।
उनलाई देख्नेले ९८४१८२३०५० वा ९८६१५८३००९ मा वा नजिकको प्रहरीमा सम्पर्क गरि दिनुहुन् परिवारजनले आग्रह गर्नुभएको छ ।
Related