मालपोत कार्यालय कलङ्कीका दुईजना सुब्बा अख्तियारको फन्दामा

376

काठमाडौं- मालपोत कार्यालय कलङ्की, काठमाडौंमा कार्यरत दुईजना  नायबसुब्बा ३० हजार घुससहित पक्राउ परेका छन् ।

सुब्बाद्वय शेर बहादुर थापा र नारायणमणी खनालले जग्गा हाल साविक गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहानामा रु.३०,००० घुस लिरहेको अवस्थामा अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा न. १४ स्थित प्राकृतिक उपचार केन्द्रबाट पक्राउ गरेको हो ।

उनीसँगै किर्तिपुर वडा न. ६ का विचौलिया कपिलदेव खड्का समेत पक्राउ परेको जनाइएको छ । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।