बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ। अभिनेता कपुर केही वर्षदेखि विरामीका कारण थलिएका थिए।
उनले आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।
उनी अभिनित कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर लगायतका फिल्म सुपर हिट छन्।
कपुरले तीन पटक नेशनल अवार्ड समेत जितेका थिए।
अमिताभ बच्चनले आफूसँग धन सम्पति सबथोक छ, तिमीसँग के छ भनेर सोध्दा उनले जवाफ दिएको ‘मेरे पास माँ है’ डाइलग चर्चित छ।








































