एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल आगामी वर्ष रुसमा हुँदैछ । फिफा विश्वकप फुटबल नेपाली मितिअनुसार २०७५ साल जेठ ३१ गते रुसको राजधानी मस्कोमा विशेष कार्यक्रमका बीच उद्घाटन हुनेछ ।
रुसमा हुने २१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिसकेको छ । यस्तै, फिफा विश्वकपको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ ।
विश्वकपको उद्घाटन खेलमा २०१८ जुन १४ (जेठ ३१) का दिन लुजनिकी रंगशालामा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । समूह ए मा रहेका दुवै टोली उद्घाटन खेल जित्दै प्रतियोगितामा बलियो उपस्थिति बनाउन चाहन्छ । पहिलो दिन उद्घाटन खेलमात्र हुनेछ । समूह चरणको अन्य खेल असार १ गतेबाट हुनेछ ।
विश्वकपको अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ । त्यसैगरी क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।
यो संस्करणको विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाएका छन् ।
रुस विश्वकपमा यसपटक पाँच पटकको विजेता ब्राजिल, साविकको विजेता जर्मनीलगायत ठूला राष्ट्रहरु छनोट भए । तर, यो पटक चार पटकको विजेता इटाली विश्वकपमा देखिने छैन । त्यस्तै, युरोपबाट नेदरल्याण्ड, वेल्सजस्ता राष्ट्र समेत विश्वकपबाट बाहिरिन पुगेका छन् ।
युरोप बाहिरबाट अमेरिका, चिली, आइभरीकोष्ट, घानाजस्ता राष्ट्रहरुले अर्को वर्षको विश्वकपमा खेल्ने छैनन् । यस्तै, आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।
समूह र समूह चरणको खेल तालिका
समूह ए – रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया
जेठ ३१ बिहीबार
रुसविरुद्ध साउदी अरेबिया– राति ८ः४५ बजे (लुजनिकी रंगशाला, उद्घाटन खेल)
असार १ शुक्रबार
इजिप्ट विरुद्ध उरुग्वे – बेलुका ५ः४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
असार ५ मंगलबार
रुस विरुद्ध इजिप्ट – राति ११ः४५ बजे (क्रेस्टोभस्की रंगशाला)
असार ६ बुधबार
उरुग्वे विरुद्ध साउदी अरेबिया – राति ८ः४५ बजे (रोस्तोभ एरिना)
असार ११ सोमबार
साउदी अरेबिया विरुद्ध इजिप्ट – बेलुका ७ :४५ बजे (भोल्गोग्राड एरिना)
असार ११ सोमबार
उरुग्वे विरुद्ध रुस – बेलुका ७ :४५ बजे (कसमस एरिना)
समूह बी – पोर्चुगल, स्पेन, इरान, मोरक्को
असार १ शुक्रबार
मोरक्को विरुद्ध इरान – राति ८ः४५ बजे (क्रेस्टोभस्की रंगशाला)
पोर्चुगल विरुद्ध स्पेन – राति ११ ः४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)
असार ६ बुधबार
पोर्चुगल विरुद्ध मोरक्को – बेलुका ५ः४५ बजे (लजनिकी रंगशाला)
इरान विरुद्ध स्पेन – राति ११ः ४५ बजे (कजान एरिना )
असार ११ सोमबार
इरान विरुद्ध पोर्चुगल – राति ११ः४५ बजे (मोर्डो्भिया एरिना)
असार ११ सोमबार
स्पेन विरुद्ध मोरक्को – राति ११ः४५ बजे (कैलिनिन्ग्राड रंगशाला )
समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
असार २ शनिबार
फ्रान्स विरुद्ध अष्ट्रेलिया – बेलुका ३ः४५ बजे (कजान एरिना)
पेरुविरुद्ध डेनमार्क – राति ९ः४५ बजे (मोडोभिया एरिना)
असार ७ बिहिबार
फ्रान्स विरुद्ध पेरु – राति ८ः ४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
डेनमार्क विरुद्ध अष्ट्रेलिया – बेलुका ५ः४५ बजे (कसमस एरिना )
असार १२ मंगलबार
डेनमार्क विरुद्ध फ्रान्स – बेलुका ७ः४५ बजे (लजनिकी रंगशाला)
अष्ट्रेलिया विरुद्ध पेरु – बेलुका ७ः४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)
समूह डी – अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया
असार २ शनिबार
अर्जेन्टिना विरुद्ध आइसल्याण्ड – बेलुका ६ः४५ बजे (स्पार्टक रंगशाला)
क्रोएसिया विरुद्ध नाइजेरिया – अपरान्ह १२ः४५ बजे (कैलिनिनग्राड रंगशाला )
असार ७ बिहिबार
अर्जेन्टिना विरुद्ध क्रोएसिया – राति ११ः४५ बजे (नोवगोरोड रंगशाला)
असार ८ शुक्रबार
नाइजेरिया विरुद्ध आइसल्याण्ड – राति ८ः४५ बजे (भोल्गोग्राड एरिना)
असार १२ मंगलबार
नाइजेरिया विरुद्ध अर्जेन्टिना – राति ११ः४५ बजे (क्रेस्टोभस्की रंगशाला)
आइसल्याण्ड बिरुद्ध क्रोएसिया – राति ११ः४५ बजे (रोस्तोभ एरिना)
समूह ई – ब्राजिल , स्विजरल्याण्ड, कोष्टारिका, सर्बिया
असार ३ आइतबार
कोष्टारिका विरुद्ध सर्बिया – बेलुका ५ः४५ बजे (कसमस एरिना)
ब्राजिल विरुद्ध स्विजरल्याण्ड – राति ११ः४५ बजे (रोस्तोभ एरिना)
असार ८ शुक्रवार
ब्राजिल विरुद्ध कोष्टारिका – बेलुका ५ः४५ बजे (क्रेस्टोभस्की रंगशाला)
सर्बिया विरुद्ध स्विजरल्याण्ड – राति ११ः४५ बजे (कैलिनिनग्राड रंगशाला )
असार १३ बुधबार
सर्बिया विरुद्ध ब्राजिल – राति ११: ४५ बजे (स्पार्टक रंगशाला)
स्विजरल्याण्ड विरुद्ध कोष्टारिका – राति ११ः४५ बजे (नोवगोरोड रंगशाला)
समूह एफ – जर्मनी , मेक्सिको, स्विडेन, साउथ कोरिया
असार ३ आइतबार
जर्मनी विरुद्ध मेक्सिको – राति ८ः४५ बजे (लुजनिकी रंगशाला)
असार ४ सोमबार
स्विडेन विरुद्ध साउथ कोरिया – बेलुका ५ः४५ बजे (नोवगोरोड रंगशाला)
असार ९ शनिबार
जर्मनी विरुद्ध स्विडेन – राति ११ः४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)
साउथ कोरिया विरुद्ध – राति ८ः४५ बजे मेक्सिको (रोस्तोभ एरिना)
असार १३ बुधबार
साउथ कोरिया विरुद्ध जर्मनी – बेलुका ७ :४५ बजे (कजान एरिना)
मेक्सिको विरुद्ध स्विडेन – बेलुका ७ : ४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
समूह जी – बेल्जीयम, इंग्ल्यान्ड, ट्युनिसिया, पानामा
असार ४ सोमबार
बेल्जियम विरुद्ध पानामा – राति ८ः४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)
ट्युनिसिया विरुद्ध इंग्ल्यान्ड – राति ११ः४५ बजे (भोल्गोग्राड एरिना)
असार ९ शनिबार
बेल्जियम विरुद्ध ट्युनिसिया – बेलुका ५ः ४५ बजे (स्पार्टक रंगशाला)
असार १० आइतबार
इंग्ल्यान्ड विरुद्ध पानामा – बेलुका ५ः४५ बजे (नोवगोरोड रंगशाला)
असार १४ बिहिबार
इंग्ल्यान्ड विरुद्ध बेल्जियम – राति ११ः४५ बजे (कैलिनिनग्राड रंगशाला)
पानामा विरुद्ध ट्युनिसिया – राति ११ :४५ बजे (मोर्डो्भिया एरिना)
समूह एच – पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान
असार ५ मंगलबार
कोलम्बिया विरुद्ध जापान – बेलुका ५ः४५ बजे (मोर्डोभिया एरिना)
पोल्याण्ड विरुद्ध सेनेगल – राति ८ः४५ बजे (स्पार्टक रंगशाला)
असार १० आइतबार
जापान विरुद्ध सेनेगल – राति ८ : ४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
असार १४ बिहिबार
जापान विरुद्ध पोल्याण्ड – बेलुका ७ :४५ बजे (भोल्गोग्राड एरिना)
सेनेगल विरुद्ध कोलम्बिया – बेलुका ७ : ४५ बजे (कसमस एरिना)







































