राप्रपा (प्रजातान्त्रिक)को जिल्ला कार्यसमिति गठन

662

भक्तपुर । राप्रपा (प्रजातान्त्रिक) जिल्ला कार्यसमिति गठन भएको छ । रामशरण लामिछानेको अध्यक्षतामा ३१ सदसिय जिल्ला कार्यसमिति गठन भएको हो ।
राप्रपा(प्रजातान्त्रिक)का केन्द्रिय सदस्य रामेश्वर थापा, सुरेन्द्र केसी , रविन्द्रप्रताप शाहाको उपस्थितिमा भएको बैठकले लामिछानेलाई सर्व सम्मत अध्यक्षमा मनोनित गर्दै ३१ सदस्य जिल्ला कार्यसमिति गठन गरेको हो ।

बैठकलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहले सवैले आ–आफ्नो स्थानवाट संयमित हँदै देश र जनताका लागि कार्य गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले आगामी आसन्न निर्वाचनमा पहिलाको गल्ती कमजोरीलाई केलाउँदै अगाडी बढनुको विकल्प नभएको वताउँदै जनताले फेरी पनि स्थानिय निर्वाचनको जस्तै गल्ती गरेमा भक्तपुर अझ दुर्गतिको बाटोमा लम्कने बताउनुभएको थियो ।
आईतवार बसेको बैठकले सर्व सम्मत निर्वाचित गरिएका जिल्ला कार्यसमिति सदस्यहरु निम्नानुसार रहेका छन् ।
अध्यक्ष ः रामशरण लामिछाने
सदस्यहरु ः रामहरी थापा,
नरवहादुर थापा
जयवहादुर कार्की
लव वहादुर कार्की
राजेन्द्र प्रशाद नापित
पञ्च कृष्ण श्रेष्ठ
भगवान थापा
कुवेर खत्री
दिनेश नेपाल
केशव प्रशाद अधिकारी
दिनेश प्रशाद ब्यान्जु
अर्जुन व थापा
रागिन बादे
लव राजौरा
विष्णु राजथला
रुद्र वहादुर खड्का
कृष्ण वहादुर महत
राजकुमार भँडेल
रोशन थापा
राधिका अधिकारी
अकुल वहादुर मिजार
विहिन्द्र खाईजु
तुल्सी देवी लाखा
सुरेशन दुवाल
सुर्यमान श्रेष्ठ
प्रकाश लामिछाने
सुन्दर जुगुल
मुकेश बाटी
राम वहादुर खत्री
आशाराम तिमिल्सेना
नविन्द्र कुमार थापा
रहेको जिल्ला सदस्य राजेन्द्र प्रशाद नापितले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य दाहित्व भने क्रमश विस्तारित बैठकले गर्ने जानकारी दिनुभयो । पार्टी कार्यालय कमलविनायकमा बसेको बैठक जेष्ठ नागरिक नर वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।