भक्तपुर । भक्तपुर जिल्लाका ४ प्रदेश मध्य भक्तपुर नगर प्रदेशका फ्रेस क्यान्डिडेटका रुपमा राम राजचलले आफ्नो उम्मेदवारी दावी गर्नु भएको छ । नेकपा माओवादी केन्द्रवाट उहाँले आफ्नो उम्मेदवारी दावी गर्नुभएको हो । विगत लामो समय देखि पार्टी संगठनको विभिन्न मोर्चाहरु समाहाल्दै आउनु भएका राजचल अन्य उम्मेदवारका तुलनामा भक्तपुरवाट कान्छा उम्मेदवार समेत रहनुभएको छ ।
पार्टीको जनमुक्ती सेना र विभिन्न जनवर्गिय हुँदै पार्टीको विभिन्न मोर्चाहरु सम्हाल्दै आउनु भएका राजचल सानो उमेर देखि नै पार्टीको होनहार कार्यकर्ताका रुपमा उभिनु भएको छ । विद्यार्थी संगठनको पुर्व केन्द्रय सचिव रहनु भएको राजचल हाल भने पार्टी केन्द्रिय कमिटि सदस्य समेत रहनु भएको छ । सानो उमेर मा नै पार्टी केन्द्रिय सदस्य एवं विभिन्न जनवर्गिय संगठन सम्हालीसक्नु भएका कारण उहाँ नै प्रदेश सभाका लागि उपयुक्त उम्मेदवारका रुपमा भक्तपुरमा उभिनु भएको छ ।
राजनीति शास्त्रमा पी.एच.डी गर्दै हरनु भएका राजचल पेशाले कानुन ब्यवसायी रहनु भएको छ ।
अवको युग भनेको शिक्षित युवाहरुले सम्हाल्नु पर्ने आवश्यकता रहेको वताउँदै आफु सम्पुर्ण युवाको प्रतिनिधिका रुपमा उनीहरुका लागि नै आफुले उम्मेदवारी दिएको राजचल वताउनुहुन्छ ।
प्रदेश भनेको नेपालका लागि नयाँ संरचना रहेको छ, नयाँ संरचना युवाको हातमा आएमात्र यसले दिगो रुप लिने छ, अव प्रत्यक प्रदेशमा युवाले नै नेतृत्व गर्नु पर्ने वताउँदै प्रदेश सभा युवाको हातमा दिए यसले सहि नेतृत्व पाउने उहाँको भनाई छ ।
Related