राप्रपा र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगियो

250

काठमाडौं । आन्दोलनरत राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको औपचारिक वार्ता बिना निस्कर्ष टुंगिएको हो ।

वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए ।

वार्तामा कानूनमन्त्री ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेका थिए ।