वाईसियल अध्यक्ष दिपशिखाको सार्वजनिक अपमान गर्नेलाई कारवाहीको दायरामा ल्याउन वाईसियल भक्तपुरको ज्ञापन पत्र : पुर्णपाठ सहित

1320

गलत आईडीबाट चलाईएका सामाजिक संजाल तत्काल बन्द गरियोस्

भक्तपुर । नेकपाका केन्द्रीय सदस्य एवं वाइसियल नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा) लाई सामाजिक संजालमा गरिएको गाली बेईजती प्रति वाईसियल नेपाल भक्तपुर जिल्ला कमिटिले आपत्ती जनाएको छ ।

जिल्ला कमिटि भक्तपुरले भक्तपुर जिल्ला प्रशासनमा आज ज्ञापन पत्र बुझाउँदै अध्यक्ष दिपशिखा प्रति सामाजिक संजालमा गरिएको चरित्र हत्याको भर्सना गर्दै दोषी माथी तत्काल कारवाहीको माग गरिएको छ ।

प्रधानमन्त्री कार्यालय, अपराध अनुसन्धान महासाखा , गृह मन्त्रालय लगाएतका स्थानमा बोधार्थ गरिएको उक्त ज्ञापन पत्रमा हाल सामाजिक संजालमा विभिन्न गलत आईडी प्रयोगकर्ताले सामाजिक ब्यक्तिहरुप्रती नकारात्मक टिप्पणी गर्ने तथा सामाजिक जिवनमा नै खलल पुञ्याउने कार्य गरि रहेको प्रति वाईसीयल भक्तपुरको ध्यानआर्कषण भएको जनाउँदै यस्ता एकाउन्ट चलाउने प्रति कारवाहीको माग समेत राखेको वाईसीयल जिल्ला अध्यक्ष दिनेश थपलियाले वताए ।

केहि दिन अधि वाईसीयल नेपालका अध्यक्ष दिपशिखालाई जिउँदै मानिसलाई हार्दिक श्रदान्जली भनेर पोष्ट गरिएको थियो । यसरी सामाजिक संजालमा अनावश्यक कुरा लेखेर पोष्ट भएको भन्दै वाइसियल नेपाल भक्तपुर जिल्ला समितिले घोर आपती जनाउदै बिज्ञप्ती समेत निकालेकोे छ ।

अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा) प्रती अत्यन्तै अमानबिय ढंगले सामाजिक सन्जाल फेसबुकमा जिउदो मान्छेलाई हार्दिक श्रद्धाञ्जली भनेर पोस्ट गरियकोमा वाइसियल नेपाल भक्तपुर जिल्ला समितीले रोस प्रकट गरेको छ । साथै बिज्ञप्ती मा भनिएको छ हाम्रो संगठन का जिम्मेबार ब्यक्ती लाई यसरी सार्बजनिक रुपमा बेइज्जत गर्ने ब्यक्ती जो हो तेसलाई खोजी गरि साइबर अपराध ऐन अन्तर्गत कार्बाही गर्न माग गर्दछौं ।

भक्तपुर जिल्ला समितिका अध्यक्ष दिनेश थपलिया आक्रोस द्वारा हस्ताक्षरित बिज्ञप्ती तथा ज्ञापन पत्रमा आफ्नो मातहतका कमिटिलाई यस बिषयको बिरोध गर्न निर्देशन गर्दै राष्ट्रिय अन्र्तराष्ट्रिय सबै ठाउँ बाट दोषिलाइ खोजी गरि कार्बाही को दायरामा ल्याउन सम्पुर्ण सुभेच्छुक तथा सहयोगी मित्रहरुमा जोडदर अपिल समेत गरेका छन् ।

युवाहरु माझ अत्यान्तै लोकप्रिय रहेका अध्यक्ष दिपशिखा माथि भएको अमानविय पोस्ट प्रति भत्सना गर्दै दोषीलाई कारबाहिको माग जिल्ला प्रशासनमा बुझाईएको ज्ञापन पत्र बुझे पछि भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रशाद भट्टले यस्तो हर्कत गर्ने जो कोहिलाई पनि कारवाहीको दायरमा ल्याउनु पर्ने बताए ।

उनले आफुलाई बुझाएको ज्ञापन पत्रका आधारमा कारवाहीको लागि पहल गर्ने समत जनाएका थिए ।