विमानस्थल भन्सार कार्यालयका नासु ५० हजार घुससहित पक्राउ

298

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको भन्सार कार्यालयमा कार्यरत एक नायव सुब्बा (नासु) ५० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयको हिरा, सुन, चाँदीजस्ता बहुमूल्य धातु परीक्षण गर्ने कक्षमा कार्यरत नासु राजदीप शाक्य ५० लाख घुससहित पक्राउ परेका हुन्  ।

शाक्यलाई आइतवार साँझ पक्राउ गरिएको अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । निजामति सेवामा शाखा अधिकृत पदबाट अवकाशप्राप्त उनी करार सेवामा नासु पदमा कार्यरत थिए ।

नासु शाक्यले दुई टन चाँदी भन्सार पास गराउँदा प्रतिटन २५ हजारका दरले घुस मागेका थिए । सोही सूचनाका आधारमा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।