नेपाल जापान मैत्रीपूर्ण बेसबल भक्तपुरामा सम्पन्न

454

भक्तपुर । नेपाल जापान मैत्रीपूर्ण बेसबल म्याच सम्पन्न भएको छ ।


भक्तपुर बेसबल एण्ड सफ्टबल संघको आयोजनामा भक्तपुरको महेश्वरी खेल मैदानमा नेपाल जापान मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।


भक्तपुरमा  सम्पन्न खेलमा जापानको ओसाका युनिभरसीटी अफ इकोनोमी एण्ड लले नेपालको तर्फवाट राईजिङ स्टार क्लव भक्तपुरलाई पराजय गरेको भक्तपुर बेसबल एण्ड सफ्टबल संघका जिल्ला अध्यक्ष रामशरण त्वातीले जानकारी दिनुभयो ।


उहाँका अनुसार जापानको ओसाका युनिभरसीटी अफ इकोनोमी एण्ड लले खेलमा ४ रन लिएको थियो भने नेपालका तर्फवाट राईजिङ स्टार क्लवले भने ३ रन लिन सफल भएको थियो । खेल ७ ईनिङमा खेलिएको उहाँले जनाकारी दिनुभयो ।
आपसी भाई चार र साँस्कृतिक आदन प्रदानका लागि खेलको आयोजना गरिएको राईजिङ स्टार क्लका अध्यक्ष रोसन थापाले बताउनुभयो ।


नेपाल जापान मैत्रीपूर्ण खेल हारजित भन्दापनि मित्रता र सांस्कृतिक भाईचारा आदानप्रदानका लागि नै खेलिएको थापाले बताउनुभयो ।
खेलका दौरान नै जापानी खेलाडीहरुले भक्तपुरका नयाँ खेलाडीहरुलाई प्रशिक्षण एवं खेलका विषयमा जानकारी दिएका थिए ।

जापानी खेलाडीहरुले भक्तपुरको ख्वप्रिङ स्कुल र आरक्षण स्कुलका विद्यार्थीलाई खेलका विषयमा जानकारी दिएका थिए । प्रशिक्षण साथ साथै राईजिङ स्टार क्लव र भक्तपुर बेसबल संघका तर्फवाट उक्त विद्यालयहरुलाई उपहार स्वरुप एक एक थान ब्याट र दुई दुई थान बल प्रदान गरिएको थियो ।