विश्वमा सबैभन्दा बढी कति रेक्टरको भूकम्प गयो ?

145

भक्तपुर । भूकम्पको इतिहासमा सन् १९६० मा चिलिमा ९.५ रेक्टरस्केलको भूकम्प टेक्टोनिक प्लेटका कारण गएको थियो।

त्यसपछि २००४ मा इन्डोनेसियामा ९.३, २०११ मा जापानमा ९.५ र नेपालमा १९९० मा ८.४ रेक्टरस्केलका ठूला भूकम्प मापन गरिएको छ।

यस्तै २०७२ मा पनि गोरखामा यहीं टेक्टोनिक प्लेटका कारण भूकम्प गएको तथ्यांक भूकम्प मापन केन्द्रले राखेको छ। नेपालको इतिहासमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ठूलो भूकम्प जाने गरेको छ।

भूकम्प जहिले पनि शक्तिको सञ्चितबाट हुन्छ।

चट्टानले सञ्चित भएको शक्तिलाई थेग्न सकेसम्म थेग्छ र जब शक्ति धेरै भई चट्टानले थेग्न नसक्दा विष्फोट भई भासिन्छ र भूकम्प जान्छ।