अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार प्रसार अभियानका व्यवस्थापकले आफूमाथि यौन दुव्र्यबहार गरेको गायिका जोय भिल्लाले खुलासा गरेकी छन् ।
चुनावी अभियानका पूर्वव्यवस्थापक समेत रहेका कोरी लेवान्डोस्कीले यौन दुव्र्यव्यबहार गरेको आक्षेप लगाएकी हुन्् । अघिल्लो महिना वासिंगटनमा भएको कार्यक्रममा पनि त्यस व्यक्तिलेले शरिरको पछाडीको भागमा हिर्काएको आरोप उनको छ ।
लेवान्डोस्कीले भने आफूलाई दोषीको आरोप लगाएकोमा कुनै पनि प्रतिकृया दिएका छैनन् । पहिले नै किन नभनेको प्रश्नमा उनले पहिले आफूलाई हिम्मत नआएको र पछि साथिले साथ दिएपछि भन्ने साहस गरेको बताएकी छन् । पछिल्लो समय सेलिब्रटी राजनीतिज्ञ र ठूला कम्पनीमा हुने गरेका यौन दुव्र्यवहारका कर्तुत खुल्ने क्रम जारी छ ।








































