शर्मिला स्याङतान सहयोगार्थ बृहत ल्होछार साँस्कृतिक धमाका भक्तपुरमा

504

भक्तपुर । सगरमाथा आरोहण शर्मिला स्याङतान सहयोगार्थ बृहत ल्होछार साँस्कृतिक धमाका २०७४ भक्तपुरमा आयोजना गरिने भएको छ । भक्तपुरको सुर्यविनायक स्थित अजिमा पार्टी प्यालेसमा फागुन २६ गते शनिबार बिहान १० बजेबाट बृहत साँस्कृतिक धमाका गरिने भएको हो ।
थोकर फिल्म प्रा.लिको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा शान्तिको अग्रदुत गौतम बुद्ध नेपालमा जन्माका हुन् भन्ने सन्देश बिश्व समु पुर्याउन लागिपर्नु भएकी शिर्मिला स्याङतान सहयोगार्थ कार्यक्रम अयोजना गर्न लागिएको हो ।
कार्यक्रममा तामाङ समुदायका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विशेष उपस्थिति रहने कार्यक्रम संयोजक विकु थोकले जानकारी दिनुभयो ।
योकरका अनुसार विश्व समुदाय माझ नेपालीको गौरभ गौतम बुद्दको प्रचारार्थ तामाङ समुदायकी दोस्री सगरमाथा आरोहीका रुपमा शर्मिला शिखर चुम्न लागि पर्नु भएको छ उहाँ र आफ्नो समुदायको गौरभका लागि पनि आफुहरुले उहाँको सहयोगार्थ आर्थिक संकलन साथै भाईचारा एवं आत्मीयता बाँड्न कार्यक्रम गर्न लागेको बताउनुभयो ।

शान्तिको अग्रदुत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बिश्व समु पुर्याउन आफु सगरमाथा आरोहणमा जान लागेको आरोहि शर्मिला स्याङतानले बताउनुभयो ।

२८५४ औं खी नागी लोछारको अवसरमा गर्न लागिएको कार्यक्रमको संयोजक थोकर फिल्म प्रालीका अध्यक्ष विकु थोकर रहनु भएको छ भने प्रचार प्रसार संयोजक सुदिन दोङ , आर्थिक संयोजक सुनिता लुङ्वा , कलाकार संयोजक विशाल काल्तान, कार्यक्रम ब्यवस्थापन कुमार स्याङ्वा र स्वयम सेवक संयोजक सरोज लामा रहनु भएको छ ।