काठमाडौं । एकरुप पोशाक सहितको विश्वव्यापी शैक्षिक तथा सामाजिक अभियान ‘स्काउट’ को संरक्षकमा राष्ट्रप्रमुख नै हुनुपर्ने सुझाव आएको छ । विश्वव्यापी मान्यता अनुसार विश्वका प्रायःसबै मुलुकको स्काउट संगठनको संरक्षकमा त्यहाँका राजा, नरेश, राष्ट्रपति या राष्ट्रप्रमुख रहने प्रावधान छ ।
नेपालमा पनि गणतन्त्र स्थापना हुनुअघि नेपाल स्काउटको संरक्षकमा तत्कालिन राजा रहने व्यवस्था थियो । तर गणतन्त्रको स्थापनापछि प्रधानमन्त्री पदेन संरक्षक रहँदै आएका छन् । विश्वका १ सय ७० मुलुकमा रहेको स्काउट संगठनमा करी ५ करोड स्काउट आवद्ध रहेका छन् ।
नेपाल स्काउटको ऐन २०५० तथा नियमावली २०५१ लाई संशोधन गर्दै नेपालको संविधान २०७२ अनुसार स्काउट संगठनलाई प्रदेश अनुसार संरचना बनाउन सुझाव संकलन गर्ने उद्धेश्यले चितवनमा आयोजित १, २ ३ र ४ नं प्रदेशका स्काउट पदाधिकारीहरुले स्काउटको संरक्षकमा राष्ट्रप्रमुख नै हुनुपर्ने सुझाव दिएका हुन ।
स्काउटिंग अभियानलाई विस्तार र सुदृढीकरण गर्ने उद्धेश्यले नेपाल स्काउटद्वारा ती ४ वटा प्रदेशअन्र्तगत ३५ जिल्लाका जिल्लाका स्काउट पदाधिकारी एवम् वरिष्ठ स्काउट गुरुहरुले सो सुझाव दिएका हुन ।
जिल्ला क्सउटका पदाधिकारीहरु तथा वरिष्ठ स्काउट गुरुहरुले नेपाल स्काउटको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा एक व्यक्ति एक पद कायम गरिनुपर्ने, पदाधिकारीको कार्यकाल ४ वर्ष र दुईपटक भन्दा बढी हुन नहुने, तिनै तहका पदाधिकारीहरु राजनैतिक नियुक्तिबाट नभई पूर्ण प्रजातान्त्रिक तवरमा हुनुपर्ने सुझाव दिएको नेपाल स्काउट केन्द्रीय तदर्थ समितिका सदस्य गौतम अधिकारीले बताए ।
गैरराजनैतिक संगठनको रुपमा रहको नेपाल स्काउटमा पछिल्लो समय राजनीति हस्तक्षेप भई कार्यकारी पदमा राजनैतिक नियुक्तिका कारण सिंगो संगठननै वदनाम हुन पुगेकोले तल्लो तहमा निश्वार्थरुपमा कार्यरत स्काउटहरुको मनोवल गिरेको पनि सुझावकर्ताले गुनासो गरेका थिए ।
युवा तथा खेलकूद मन्त्रालय अन्र्तगत रहेको नेपाल स्काउटको ऐन र नियमावली संशोधन गर्नका लागि आवश्यक सmुभवसहितको मस्यौदा तयार पार्न मन्त्रालयले नेपाल स्काउटलाई निर्देशन दिएपछि सो सुझाव संकलन शुरु गरिएको हो ।
बाँकी रहेको ५, ६ र ७ नं प्रदेशमा यही माघ २९ गते सुझाव संकलन गरिने तदर्थ मितिका सदस्य दिपेश केसीले बताएका छन् । नेपालमा हाल ५८ हजार स्काउट रहेको र सन् २०२० सम्म सो संख्या ६० हजार पुर्याउने लक्ष्य राखिएको छ ।







































