“उपहार”

382

सुरेस बखुन्छे

बसेर आलिसान महलको कुनै कोठामा
हेरिरहेछु आँखीझ्यालबाट संसार,
सुनिरहेछु त्यहीँबाट चीत्कार ।

म देख्न सक्छु, सुन्न सक्छु
सयर गर्न पनि सक्छु आकाशबाट

सुरेस बखुन्छे

घरि तराई, घरि बारपाक

साँच्चै !
मैले पनि देखेको छु
जलमग्न तराई,
सुनेको छु मैले
भुइँचालोपछिको रुवाई

म नदेखे झैँ गर्छु
र गर्छु नसुने झैँ पनि ।

तर देखेकै हो मैले तिमीमा
पीडा, छटपट्टि र त्रास,
अनुभव गरेकै हो तिमीभित्र
म प्रतिको भरोसाको बाँस ।

एउटा कुरा भनौँ ?

सत्ते !
मलाई न छोयो नाकाबन्दीले,
न ढलायो भुइँचालोले,
न त डुबायो
सालैपिछेको डुवानले ।

हो,
म सक्थेँ र सक्छु पनि
तिम्रा दु:खमा रुन,
भर्न मलम तिम्रा पीडाहरूमा

तर के गर्छौ ?
म कामभन्दा पनि
कुरा गर्न माहिर हुँ ।
किनकि म
तिमीले नै चुनेको सरकार हुँ ।