मैदान छिरेको ७ मिनेटमा गोल, त्यसपछि रेड कार्ड

315

वेष्ट ब्रोमले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा वेष्ट ब्रोमले बर्नलीलाई १–० ले हराएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा सबस्टिच्युडको रुपमा मैदान छिरेलका हाल रोब्बसन–कानुले ७३ औं मिनेटमा गोल गर्दै वेष्ट ब्रोमलाई जित दिलाए । यो सिजनको आफ्नो पहिलो खेलमा वेष्ट ब्रोमले बोर्नमाउथलाई १–० ले नै हराएको थियो ।

गोल अनि रेड कार्ड

वेष्ट ब्रोमका लागि विजयी गोल गरेका रोब्सन–कानु गोल गरेको १२ मिनेटपछि मैदानबाट बाहिरिन बाध्य भए । ७१ औं मिनेटमा सुन्दर गोल गरेका कानु ८३ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए । वेल्सका कानुले मैदान छिरेको सात मिनेटमा नै गोल गरेका हुन् । तर बर्नलीका म्याट लोटनसँगको खराब ट्याकलका कारण कानुले रातो कार्ड पाए र मैदान छोडन् बाध्य भए ।