मुसहर बस्तीका ३०० बाढि पिढितहरुलाई राहत वितरण

667

चाँगुनारायण । भक्तपुर चाँगुनारायण वडा नं ५ स्थित विरुवा नेपाल नामक संस्थाले ३०० घरधुरीहरुलाई राहत सामग्री वितरण गरेको छ ।

“हिमाल पहाड तराई कोहि छैन पराई,हामी सबै नेपाली दुःख पर्दा जुटौं हातमाहात मिलाइर्”भन्ने नारालाई आत्मसाथ गरी तराईका बाढिपिडितहरुका लागि राहत वितरण कार्यक्रम गरेको थियो।

मिति २०७४ साल श्रावणको २८ गते शनिबार आएको अविरल वर्षाको कारण तराईको करिब २४ जिल्लाहरुको विभिन्न स्थानमा बाढिले ठुलो जनधनको क्षति गरेको अवस्थामा रामधुनी नगरपालिका वडा नं. ६ बक्लौरी इटहरी, सुन्सरीका मुसाहर बस्तीमा तथा सुकुम्वासी बस्तीमा गई बाढिपिडितहरुलाई यस संस्थाले चिउरा, विस्कुट, चाउचाउ, लुगाधुने साबुन, नुहाउने साबुन, लामखुट्टेको क्वाइल, बाल्टिन तथा लत्ताकपडा लगायतका सामाग्रिहरु बितरण गरेको छ ।

नि सहाय बाल बालिका सेवा आश्रम रामधुनी नामक स्थानिय संस्थासंगको समन्वयमा बाढिबाट प्रभावित परिवारहरुलाई उक्त सामाग्रिहरु वितरण गरिएको कुरा संस्थाका सचिव भरत थापाले बताउनु भयो।

विनायक शिक्षानिकेतन सानो ठिमीले १५० थान टिसर्ट, क्रियटिभ नेपाल नामक संस्थाले स साना बालबालिकाहरुको लागि करिब ७० थान कपडा ,अरबिट इन्टरनेसनलले पानी, चिउरा, चाउचाउ लगायतका सामाग्रिहरु सहयोग स्वरुप उपलब्ध गराएका थिए ।

संस्थाले भक्तपुरको खरिपाटि, कमलविनायक, मालपोत टाउन प्लानिङ आदि मुख्य स्थानहरुमा रहेको पसलहरु, घरहरु तथा चिनेजानेका महानुभावहरुसँग सहयोग संकलन गरिएको जानकारी गराउदै राहत सङ्ककलन कार्यमा स्थानीय व्यक्तिहरु,संघसंस्थाहरु तथा सहकारी संस्थाहरुले मानविय सेवामा ठुलो साथ र सहयोग गरी विरुवा नेपाल मार्फत पैसा, कपडा, खाद्य सामग्री आदि सहयोग गर्नु भएकोमा संस्थाका अध्यक्ष उत्सव गिरीले धन्यवाद दिदै आगामी दिनमा पनि यस संस्थाले यस्तै सामाजिक काममा सक्रिय रहने कुरा बताएका थिए ।