काठमाडौं । आगामी मंसिरमा हुने ए डिभिजन लिग फुटबलमा १६ टिमको सहभागिता रहने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहिबार बसेको कार्यसमिति बैठकले ए डिभिजन लिगमा १६ टिमलाई समावेश गराउने निर्णय गरेको हो । मंसिर १४ बाट हुने लिगमा राजधानीका १२ ए डिभिजन क्लब र उपत्यका बाहिरका ४ क्लबलाई समावेश गराइने छ । लिग होम एन्ड अवेका आधारमा संचालन हुने छ ।
काठमाडौँ उपत्यकामा हाल ए डिभिजन क्लबमा मनाङ मर्स्याङ्दी, थ्रीस्टार, फ्रेण्डस्, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, मछिन्द्र फुटबल क्लब , संकटा फुटबल क्लब , हिमालयन शेर्पा, सरस्वती फुटबल क्लब, ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लव रहेका छन् ।
यस्तै उपत्यका बाहिरबाट झापा ११, मोरङ फुटबल क्लब, रुपन्देही ११ र सुदूरपश्चिम फुटबल क्लबले ए डिभिजन लिग सरहको खेलहरु खेल्दै आएका छन् ।