ज्ञानेन्द्रले भने, ‘मैले नेतृत्व लिने समय आयो’

364

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देश अत्यन्तै संकटका अवस्थामा आइपुगेको भन्दै आफूले नेतृत्व लिने समय आएको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्र्दै पूर्वराजा शाहले राजनीतिक नेपालको मौलिकपन विर्षेको टिप्पणी गर्दै संकटप्रति चिन्ता व्यक्त गरे ।

उनले नेपालीहरुले चाहे आफू देशको नेतृत्वर जिम्मेवारी लिन तयार रहेको बताए ।

शाहले दलहरुले वास्तविकताका विर्षेको बताउँदै भने, ‘अहिले दुबो, गोदावरी र मखमली फूललाई वास्ता नगर्ने तर, कागजको फूलमा सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं’ शाहले भने,’त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ ।’

राजतन्त्र र आफूप्रति बेलाबेला दलहरुले गर्ने कटाक्षप्रति सचेत रहँदै उनले थपे, ‘ ज्ञानेन्द्र फेरि सक्रिय भयो भन्ने कुरा होला, यो सक्रिय हुने वा नहुने कुरा होइन, देशको परिस्थतिले मागेको र समय पनि आएको जस्तो मलाई लाग्छ ।’
आफूले भनेको कुरामा ध्यान दिन उनले आम नेपालीलाई आग्रहसमेत गरे ।